logo
  • शनिबार, असोज १७ २०८३

आईटी आर्मीका अध्यक्ष साहद्वारा डाटा वैज्ञानिक थपलिया सम्मानित


  • पब्लिक सूचना
  • शनिबार, मंसिर २२ २०८१

काठमाडौं । आईटी आर्मीका संस्थापक अध्यक्ष चन्द्र भुषण साहले प्रसिद्ध लेखक तथा आईटी विज्ञ प्रा. डा. राजन थपलियालाई सम्मान गरेका छन् ।

हार्वर्ड बिजनेस स्कूलबाट बिजनेस एनालिटिक्स पनि पूरा गरेका तथ्याङ्क वैज्ञानिक (डाटा साईन्टिस्स) थपलियालाई आम जनता पार्टीका केन्द्रीय उपमहासचिव तथा प्रवक्ता समेत रहेका साहले सगौरव काठमाडौंमा सम्मान – पत्र सहित सम्मानित गर्दै हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।

डाटा जुपिटरका संस्थापक एवं सीईओ रहेका थपलियालाई सूचनाप्रविधि तथा कृतिम बौद्धिकताको क्षेत्रमा विगत डेढ दशकभन्दा लामो समयदेखि अनवरत पुऱ्याई रहेको योगदानको उच्च कदर स्वरूप सम्मानित गरिएको कुरा आईटी आर्मीका केन्द्रीय सदस्य राजनिश कुशवाहाले जनाएका छन् । नेपाल घर धादिङ भएका थपलिया विगत लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका छन् । सगरमाथाको देशदेखि सपनाको शहर न्यूयोर्कसम्मको यात्रा तय गरेका थपलिया दर्जनभन्दा बढी पुस्तकका लेखक र हफपोस्टका पूर्व योगदानकर्ता हुन् । विश्व चर्चित फोर्ब्स मिडिया म्याग्जीन (पत्रिका) अन्तर्गत समेत उनका लेखहरु प्रकाशित भएका छन । उनी रोटरी इन्टरनेशनल क्लबका मानार्थ सदस्य समेत हुन् । केही बर्ष अघी उनले आफ्नो किताब शत प्रतिशत जीवन सगरमाथाबाट बिमोचन गरेका थिए भने उनले लेखेका कविता नेपालको कक्षा ६ को अँग्रेजी पाठ्यक्रममा समेत राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend