logo
  • शनिबार, असोज १७ २०८३

चितवनमा रास्वपाको खबरदारी सभा


  • पब्लिक सूचना
  • बिहिबार, मंसिर २० २०८१

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले बिहीबार चितवनमा खबरदारी सभा आयोजना गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई रातारात पोखरा लैजानु मानव अधिकारकोविरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेको लगायत विषयमा आज खबरदारी सभा आयोजना गरेको रास्वापाले जनाएको हो।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेलाई पोखराबाट काठमाडौँ र मंगलबार चितवन ल्याइ प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लामिछानेलाई पुन म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ ।  लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट पक्राउ पुर्जी जारी भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend