logo
  • आइतबार, असोज १८ २०८३

१० दिनको अवरोधपछि नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य फेरि सुरु


  • पब्लिक सूचना
  • बुधबार, मंसिर १९ २०८१

काठमाडौँ । स्थानीयले अवरोध गरेको १० दिनपछि नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण गर्दा  क्षति पुगेको घरजग्गाको मुआब्जा माग गर्दै मंसिर ९ गतेदेखि स्थानीय निर्माण क्षेत्रमा आन्दोलित थिए ।

त्यसयता सुरु मार्ग निर्माण कार्य अवरुद्ध भएको थियो । स्थानीयसँग सहमति भएसँगै अवरोध हटेको नागढुङ्गा सुरुङ मार्ग आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए ।

‘अहिले स्थानीयसँग मुआब्जाका लागि सहमति भएसँगै निर्माण पुनः सुरु भएको छ । यो सुरुङ मार्ग निर्माण गर्दा सात वटा घर पूर्ण रूपमा क्षति पुगेको थियो,’ पन्थीले भने, ‘७५ घरमा आंशिक क्षति पुगेको छ । यी सम्पूर्ण घरको मुआब्जा वितरणका लागि मूल्याङ्कन गरिने सहमति भएको छ । तर स्थानीयले जग्गाको समेत मुआब्जा माग गरेका छन् ।’

करिब १२ रोपनी जग्गासमेत प्रभावित भएकाले त्यसको पनि मुआब्जा गरेको  पन्थीले बताए ।

जग्गाको मुआब्जाको विषय मन्त्रालय तहबाट टुङ्गो लगाउनुपर्ने भएकाले उक्त माग सम्बोधन गर्न मन्त्रालयलाई लेखेर पठाउने सहमति भएको उनको भनाइ छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend