logo
  • आइतबार, असोज १८ २०८३

चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबिच झडप


  • पब्लिक सूचना
  • बुधबार, मंसिर १९ २०८१

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच चितवनमा झडप भएको छ ।  रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबिच झडप भएको हो । झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

चितवनमा रवि लामिछाने समर्थक र प्रहरीबिच झडप

चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शन जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो ।

प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास समेत प्रहार गरेको छ । चितवनमा सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगेसँगै उनका समर्थकहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् । उनीहरूले चितवनबाटै रविलाई रिहाइको माग गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend