logo
  • शनिबार, असोज १७ २०८३

बार्सिलोनासँग अंक दूरी घटाउँदै रियल


  • पब्लिक सूचना
  • मंगलबार, मंसिर १८ २०८१

एजेन्सी- स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडले शीर्षस्थानको बार्सिलोनासँगको‌ अंक दूरीलाई घटाएको छ।

रियलले आइतवार गेटाफेलाई २-० ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लेको हो । जुड बेलिङघम र
केलियन एमबाप्पेको गोलमा रियल विजयी भएको हो ।

घरेलु मैदानमा बेलिङघमको पेनाल्टी गोलमा रियलले ३० औं अग्रता बनायो। खराब प्रदर्शनबाट गुज्रिरहेका एमबाप्पले ३८ औं मिनेटमा गोल गरेपछि रियल पहिलो हाफमै २-० ले अघि बढेको हो।

१४ खेलमा रियलको ३३ अंक पुगेको छ। शनिवार पराजित भएको बार्सिलोनाको १५ खेलमा ३४ अंक छ।

आइतबारका अन्य खेलमा एट्लेटिको म्याड्रिडले भालाडोलिडलाई ५-० ले, एथलेटिको बिलबाओले रायो भालेसानोलाई २-१ र रियल सोसिडाडले रियल बेटिसलाई २–० ले हरायो ।

भिल्लारियल र जिरोनाले भने २–२ को बराबरी खेले । एट्लेटिको ३२ अंकसहित तेस्रो स्थानमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend