logo
  • आइतबार, असोज १८ २०८३

नेपाली संगीतका योगदानकर्ता सिताराम पोखरेललाई विराटनगरमा विशेष सम्मान


  • पब्लिक सूचना
  • आइतबार, मंसिर १६ २०८१

रौतहट : विगत ३ दशक भन्दा लामो समय देखी नेपाली गीत संगीतमा राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा योगदान पुयाएका बरिष्ठ गायक सिताराम पोखरेल लाई आज विराटनगरमा आयोजना गरिएको मान अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित गरिएको छ । नेपाल आयल निगमका पुर्व निर्देशक तथा रेडियो नेपालका सञ्चालक समिती सदस्य बरिष्ठ गायक लाई मैथिली एसोसेसन नेपालले नेपाली भाषा कला र सस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरेको हो । विराटनगरको होटल स्वागतममा आयोजना गरिएको कार्यक्रममा नेपाल भारतका कवि लेखक तथ कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

मैथिली एसोसेसन नेपालका अध्यक्ष प्रविण नारायण चौधरी ले मौथिली भाषा र सस्कृतिको लागी योगदान पुयाएका व्याक्तित्वहरुलाई विराटनगरमा पहिलो पटक अवार्ड प्रद्धान गरेको जानकारी दिनुभयो । नेपालमै पहिलो पटक मोफसलबाट आयोजना गरिएको कार्यक्रम भएकाले अवार्ड कार्यक्रमलाई अझ व्यापक बनाइने जानकारी दिनुभयो । अवार्ड ग्रहण गर्दे बरिष्ठ गायक पोखरेल ले आम दर्शक र स्रोताको कारणबाट नै आफुलाई अझ सुगम संगीतमा अगाडि बढनको लागी हौसला मिलेको बताउनुभयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend