logo
  • आइतबार, असोज १८ २०८३

एनपीएल २०२४: हिमालयको सम्पदा झल्किने ट्रफी अनावरण


  • पब्लिक सूचना
  • सोमबार, मंसिर १० २०८१

नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ट्रफी विशेष ढंगले डिजाइन गरिएको छ, जसमा कालापथ्थर क्षेत्रबाट ल्याइएको ढुंगा प्रयोग गरिएको छ। यो अनौठो विशेषता नेपालको हिमालय क्षेत्रको महत्त्वलाई उजागर गर्दै पर्यावरणीय सचेतना फैलाउने उद्देश्यले गरिएको हो। क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार, यो ढुंगा निमा शेर्पा र मिङ्मा शेर्पा नामक पर्वतारोहीद्वारा सङ्कलन गरिएको हो।

May be an image of 8 people and text

यस परियोजनाले खेलकुद र प्रकृति संरक्षणको सम्बन्धलाई जोड्दै ट्रफीलाई नेपालकै एक अद्वितीय प्रतीक बनाउन खोजेको छ। कार्यक्रममा सहभागी शेर्पाले हिमालय क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असरलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकता दोहो-याए।

यो अनावरणले नेपाली क्रिकेट र पर्यावरणीय सन्देशलाई अन्तर्राष्ट्रिय मञ्चमा लैजान सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। एनपीएल २०२४ नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म सञ्चालन हुनेछ, जसले देशको खेलकुद संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने छ​।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend