पब्लिक सूचना
नेपाल र आयोजक ताजिकिस्तानबीच आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ।
नेपाली टोली भारत हुँदै ताजिकिस्तान पुगेको थियो । थ्री नेसन्स मैत्रीपूर्ण फुटबलमा अर्को टोली अफगानिस्तान रहेको छ। नेपालले मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ।
टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको छनोट गरेका थिए ।
न्यौपानेले मैत्रीपूर्ण खेल्न लागेका दुवै टोली बलियो रहेको उल्लेख गर्दै भने,’उनीहरुको खेलको अध्ययन गरेका छौं। हाम्रो खेलाडीले अन्तिम समयसम्म कोसिस जारी राख्नेछन्।’
यसअघि पत्रकार सम्मेलन गर्दै टोली बिदाइ गरिने भएपनि एन्फाले यसपटक भने बिना कुनै सूचना आफ्नै सामाजिक संजालबाट टोली प्रस्थान गर्ने जानकारी दिएको थियो ।

नेपाली राष्ट्रिय फुटबल टोली
गोलकिपर – किरण चेम्जोङ (कप्तान), दीप कार्की र विशाल सुनार
डिफेन्डर – अभिषेक लिम्बु, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रन्दीप पौडेल, अन्जल महर्जन
मिडफिल्डर – रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन राई (आशिष), भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ
फरवार्ड – जिलेस्पी जङ्ग कार्की, अञ्जन विष्ट, निराजन धामी
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend