logo
  • आइतबार, असोज १८ २०८३

युनाइटेडले लेस्टरलाई हरायो


  • पब्लिक सूचना
  • सोमबार, कार्तिक २६ २०८१

म्यानचेस्टर युनाइटेडले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा आइतवार लेस्टर सिटीलाई पराजित गरेको छ ।

युनाइटेले घरेलु मैदानमा लेस्टरलाई ३-० ले हराएको छ। युनाइटेडको जितमा बुर्नो फर्नान्डिज र एलेक्जेन्डर गोर्नाचोले गोल गरे । १ गोल भने लेस्टरले उपहार स्वरुप दिएको थियो ।

खेलको १७औं मिनेटमा फर्नान्डिजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३८औं मिनेटमा लेस्टरका भिक्टर क्रिस्टिसेनले आत्मघाती गोल गर्दै युनाइटेडको अग्रता दोब्बर भयो । ८२औं मिनेटमा गोर्नाचोले गोल गर्दै युनाइटेडको जित निश्चित गरे ।

जितसँगै युनाइटेडको ११ खेलबाट १५ अंक भएको छ । समान खेल खेलेको पराजित लेस्टर १० अंकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend