पब्लिक सूचना
बलिउड अभिनेता रणवीर कपूरको मुख्य भूमिका रहेको फिल्म ‘रामायण’ को छायांकन सकिएको छ।
निर्माण टिमले औपचारिक रूपमा फिल्म निर्माण घोषणा गरेका छैनन्। तर भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मको छायांकन सकिएको छ। फिल्ममा अभिनेता रणवीर कपूर रामको भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको। रावणको भूमिकामा यश, हनुमानको भूमिकामा सनी देओल र कुम्भकर्णको भूमिकामा बबी देओल देखिनेछन्।

रावणका भाइ विभीषणको भूमिकामा अभिनेता विजय सेतुपति र लक्ष्मणको भूमिकामा रवि दुबे देखिने बताइएको छ। निर्देशक नितेश, मधु मन्टेना, नमित मल्होत्रा र अल्लू अरविन्दको लगानी रहने फिल्म तीन भागमा बन्ने बताइएको छ। पहिलो भागमा राम र सीताको कहानी समावेश गरिनेछ।
प्यान इन्डियाको फिल्म सन् २०२५ प्रदर्शन हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend