पब्लिक सूचना
काठमाडौं- चाबहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेज ‘ईमर्जिङ कलेज अफ दि एयर’ अवार्डद्वारा सम्मानित भएको छ।
अँग्रेजी म्यागजिन कलेज रिडर्सले नेशनल युनिभर्सिटी क्यानबेरा अष्ट्रेलियामा एक भव्य समारोहका वीच आयोजना गरेकाे नेशनल एजुकेशन अवार्ड २०२४मा मनास्लु वर्ल्ड कलेजले छाेटाे समयावधिमा शैक्षिक गुणस्तर कायम राख्दै नविनतम साेच र दृष्टिकोणका साथ शैक्षिक कार्यक्रम संचालन गरिरहेकाे र यस कलेजकाे शैक्षिक गतिविधिलाई मध्यनजर गरी ‘ईमर्जिङ प्लस टु कलेज अफ द इयर २०२४’ ले सम्मानित हुन सफल भएकाे हो।
उक्त कार्यक्रममा विभिन्न शैक्षिक संस्था तथा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो।

मनास्लु वर्ल्ड कलेजको तर्फबाट कलेज प्रमुख राजन श्रेष्ठले अवार्ड ग्रहण गर्नुभएको थियो।
‘अ होम फर लिडर’ भन्ने मुल नारा सहित संचालित मनास्लु वर्ल्ड कलेजले छोटो समयमा शिक्षा क्षेत्रमा बृहत् योगदान गरिसकेको छ।गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै अतिरिक्त क्रियाकलाप सहित अब्बल बिद्यार्थी निर्माण गर्न सफल कलेजले विभिन्न अवार्ड सम्मानित हुँदै आएको छ।

‘ईमर्जिङ प्लस टु कलेज अफ द इयर २०२४’ ले कलेज सम्मानित भए पश्चात् कलेजको उचाई थप चुलिएको छ।
अवार्ड ग्रहण पश्चात् कलेज प्रमुख राजन श्रेष्ठले यो अवार्ड कलेजका शिक्षक शिक्षिका, बिद्यार्थी अभिभावक लगायत सम्पुर्ण व्यक्तिहरुको कडा मिहिनेत परिश्रमले प्राप्त गर्न सफल भएको बताउदै सम्पूर्णमा धन्यबाद ब्यक्त गर्नुभएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend