पब्लिक सूचना
प्रेस नोट
तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन–२०८१
तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन २०८१ मङ्सिर १४ र १५ गते अर्थात् नोभेम्बर २९ र ३० का दिन काठमाडौँको होटल हायत रिजेन्सीमा सम्पन्न हुँदैछ । यो सम्मेलन शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरू, विद्यालयका संस्थापक प्रिन्सिपल, शैक्षिक निर्देशक र अग्रणी शिक्षकहरूका लागि लक्षित छ ।

सम्मेलनका मुख्य उद्देश्यहरूमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास, र शिक्षक–विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल गरिनेछ । विशेष रूपमा, सामुदायिक विद्यालयका शिक्षकहरूलाई समेत सहभागी गराइनेछ, जसले नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउन योगदान पुर्याउनेछ ।
यस शैक्षिक सम्मेलनमा फिनल्यान्ड र बेलायत जस्ता शिक्षामा अग्रणी देशहरूबाट प्रतिष्ठित वक्ताहरूले आफ्ना अनुभव र सफल शैक्षिक मोडलहरू प्रस्तुत गर्नुहनेछ । साथै, यो सम्मेलनलाई नेपाल सरकारको शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सिलद्वारा सहजीकरण हुनेछ्, जसले यसलाई अझ प्रभावकारी र परिणाममुखी बनाउनेछ । सम्मेलनमा भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, भारत र भियतनामबाट पनि सहभागिताका लागि निश्चित भईसकेको छ ।

दुई दिनसम्म चल्ने यस सम्मेलनमा १२ भन्दा बढी सेसनहरू हुनेछन्, जसमा विविध शैक्षिक विषयका छलफल, नीतिगत बहस, र विद्यालय सुधारका लागि प्रभावकारी उपायहरूको खोजी गरिनेछ । यसका साथै, विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण, र शैक्षिक नेतृत्वको सुदृढीकरणमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिनेछन् । अन्तराष्ट्रिय स्तरको शिक्षा नेपालमा नै प्रदान गरी नेपालबाट बाहिरिने विद्यार्थी रोक्न र नेपालमा नै विदेशी विद्यार्थी अध्ययन गराई नेपाललाई शैक्षिक गन्तव्य बनाउन पनि सम्मेलनको उद्देश्य हुनेछ ।
आरबी कटवाल
महासचिव
प्याब्सन केन्द्रीय कार्यसमिति

मिति : २०८१ कात्तिक ५ गते सोमबार
प्याब्सन केन्द्रीय कार्यालय, तिनकुने, काठमाडौँ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend