पब्लिक सूचना
अक्टोबर,२३, आशिष लामिछाने। च्याम्पियन्स लिगको हालैको खेलमा रियल म्याड्रिडले बोरुसिया डर्टमुण्डलाई ५-२ ले पराजित गर्यो।
खेलको पहिलो हाफमा डर्टमुण्डले २-० को अग्रता बनाएको थियो। पहिलो गोल डोनीएल मालेनले गरे भने दोस्रो गोल जेमी बायनो-गिटेन्सले। तर, दोस्रो हाफमा रियल म्याड्रिडले उत्कृष्ट कमब्याक गर्दै ५ गोल गर्दै खेललाई आफ्नो पक्षमा पार्यो।

रियलको तर्फबाट पहिलो गोल एन्तोनियो रुडिगरले गरे भने भिनिसियस जुनियरले ह्याट्रिक पूरा गरे। लुकास भास्क्वेजले पनि निर्णायक गोल गर्दै डर्टमुण्डको जितको सपना समाप्त गरिदिए। खेल अन्त्यतिर भिनिसियसको उत्कृष्ट प्रदर्शनले रियललाई फराकिलो जित दिलायो।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend