पब्लिक सूचना
फूलपातीको दिन रिलिज फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेका छन्। दुवै फिल्मका वितरकले एक साता (बुधबारसम्म) को ग्रस कलेक्सनबारे औपचारिक जानकारी दिएका छन्।
‘छक्का पञ्जा ५’ का वितरक मनोज राठीले भने, ‘फिल्मले पहिलो साता ११ करोड ५० लाख रूपैयाँ कलेक्सन गरेको छ।’दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी लगायत कलाकारहरूको अभिनय रहेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्।
त्यस्तै, विराज भट्टका बाबु–छोराको फिल्म ‘१२ गाउँ’ ले सात दिनमा १० करोड ५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले बताए।

‘कमाइको हिस्सा काठमाडौं र मोफसलमा बराबरजस्तै छ,’ उनले भने। ‘१२ गाउँ’ लाई विराज भट्टले निर्देशन गरेका हुन्। उनका छोरा समीर भट्टको यो डेब्यु फिल्म हो।
फूलपातीको दिन नै रिलिज भएको अर्को फिल्म ‘ज्वाइँ साब’ ले भने ग्रस कलेक्सन सार्वजनिक गरेको छैन। यो फिल्मलाई पनि प्राप्त शोमा अकुपेन्सी राम्रो देखिएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend