logo
  • शनिबार, असोज १७ २०८३

टि ट्वान्टी महिला विश्वकप – वेस्ट इन्डिजको लगातार दोस्रो जित


  • पब्लिक सूचना
  • शुक्रबार, असोज २५ २०८१

युएईमा जारी टि ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजले लगातार दोस्रो जित हासिल गरेको छ । वेस्ट इन्डिजले बिहीवार बंगलादेशमाथि ८ विकेटको फराकिलो जित हात पार्यो ।

१ सय ४ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले १२.५ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्यो । वेस्ट इन्डिजको जितमा हेलि म्याथ्युजले २२ बलमा ३४ तथा स्टेफन टेलरले २९ बलमा २७ रन बनाइन् ।

बंगलादेशका लागि नहिदा अक्तर र मरुफा अक्तरले समान १ विकेट लिइन् ।

सारजहामा त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो ।

बंगलादेशका लागि कप्तान निगर सुल्तानले ४४ बलमा ३९ तथा ओपनर दिलेरा अक्तरले १८ बलमा १९ रन जोडिन् । वेस्ट इन्डिजका लागि करिष्मा रामहरकले ४ तथा अफि फ्रलेचरले २ विकेट लिईन् ।

पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित वेस्ट इन्डिजले त्यसपछि स्कटल्यान्ड र बंगलादेशसँग लगातार जित निकालेको छ ।

३ खेलमा ४ अंकका साथ वेस्ट इन्डिज समूह ‘बी’ को शीर्ष स्थानमा छ । समान खेलबाट २ अंक जोडेको बंगलादेश चौथो स्थानमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend