logo
  • आइतबार, असोज १८ २०८३

प्रधानमन्त्री केपी शर्मा ओली भन्छन “पैसाको सदुपयोग गर्न सक्नुपर्छ”


  • पब्लिक सूचना
  • बिहिबार, असोज २४ २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले पैसाले उद्यमशीलता र नयाँ सोच तयार गर्न सक्ने हुँदा पैसाको सदुपयोग गर्न सक्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौंको बुढानीलकण्ठस्थित होटल होलिडे इन रिसोर्टको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्। उनले पैसाले उद्यमशीलता, नयाँ सोच तयार गर्न सक्नुपर्ने बताएका हुन्।

प्रधानमन्त्री ‌ओलीका अनुसार नयाँ ठाउँमा लगानी गर्न सके मात्रै पैसाको सही सदुपयोग हुन्छ।

‘हामीले पैसाको सदुपयोग गर्न सक्नुपर्छ। पैसाले एउटा उद्यमशीलता, नयाँ सोच तयार गर्नुपर्छ। नयाँ ठाउँमा लगानी गर्नुपर्छ,’ उनले भने, ‘पैसा मात्रै भएर राम्रो काम गरिन्छ भन्ने छैन। पैसा हुने कतिपय मानिस क्यासिनोतिर गएर टाट पल्टिएर फर्किन्छन्। पैसा छ गतिलो काम भइहाल्छ भन्न सकिँदैन। तर पैसा कम भएपनि गतिलो काम गर्न सकिन्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend