logo
  • आइतबार, असोज १८ २०८३

काभा यु२० भलिबल – नेपालको दोस्रो जित


  • पब्लिक सूचना
  • बुधबार, असोज २३ २०८१

नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो जित हासिल गरेको छ।

प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले दोस्रो जित हात पारेको हो । श्रीलंकाको कोलम्बो जारी प्रतियोगितामा मंगलवार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३-० को साझो सेटमा जित हात पार्यो ।

नेपाल‌ले पहिलो सेट २५-५, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-२० ले जित निकाल्दै खेल जित्यो ।

पहिलो खेलमा नेपालले घरेलु टोली‌ श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । तर, दोस्रो खेलमा भने उज्वेकिस्तानसँग ३-१ ले पराजित भएको थियो ।

असोज २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगितामा नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । केहि महिनाअघि काठमाडौंमा‌ भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो ।

सोही प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले साउनमा माल्दिभ्समा भएको काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।

नेपाली टोली – पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend