logo
  • आइतबार, असोज १८ २०८३

सुदूरपश्चिम रोयल्सले केपी खनाललाई आफ्नो सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त गरेको छ


  • पब्लिक सूचना
  • बुधबार, असोज २३ २०८१

नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले केपी खनाललाई आफ्नो सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त गरेको छ ।

सुदूरपश्चिमका मालिक स्वतन्त्र प्रताप शाह र सोसियल एक्टिभिस्ट एम्बेसडर खनालले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

क्लिन काष्ठमण्डप सरसफाई अभियान, मैनादेवी फाउन्डेसनमार्फत हरियाली, स्वच्छता अभियानमा स्थानिय निकायसँग सहकार्य गर्न खनाल सक्रिय रहेका छन् ।

सुदूरपश्चिमले रोयल्सलाई जनस्तरमा परिचित गराउनका लागि सामाजिक अभियन्ता खनालसँगको सहकार्य प्रभावकारी हुने विश्वास टोलीले लिएको छ । आफू पनि सुदूरपश्चिमकै भएको रोयल्ससँग जोडिन पाउँदा खुसी लागेको खनालले बताए ।

‘सुदूरपश्चिम क्रिकेटका उर्वर भूमी हो । क्रिकेटको माध्यमबाट सुदूरपश्चिमलाई जनस्तरमा पुर्याउन म आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नेछु,’ खनालले भने ।

सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका छन् । त्यस्तै गत साता मात्र ओलम्पियन दीपक विष्ट टोलीको ब्रान्ड एम्बेसडर नियुक्त भएका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गते देखि एनपिएलको पहिलो संस्करण सुरु हुँदैछ । सुदूरपश्चिमले केहि साता पछि आफ्नो तयारी सुरु गर्ने पनि जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend