logo
  • आइतबार, असोज १८ २०८३

काठमाडौंको लोगो र नाम घोषणा


  • पब्लिक सूचना
  • मंगलबार, असोज १५ २०८१

नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली काठमाडौंले आफ्नो नाम र लोगो घोषणा गरेको छ ।

काठमाडौंले मंगलवार सामाजिक सन्जालमार्फत नाम र लोगोको सार्वजनिक गरेको हो । टिमको नयाँ नाम काठमाडौं गुर्खाज रहनेछ ।

काठमाडौंको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुनेछ । सहभागी ८ टोलीको मार्की खेलाडीको‌ टुंगो लागिसकेको छ ।

टोलीमा अन्य नेपाली खेलाडी चयनका लागि असोज २० गते अक्सन हुँदैछ । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्ने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend