पब्लिक सूचना
काठमाडौँ — टोटनहमले इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई सजिलै ३–० ले पराजित गरेको छ । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले अधिकांश समय १० खेलाडीमा सीमित भएर खेलेको थियो र यो उसको नमीठो हार रह्यो ।

हारले युनाइटेडका व्यवस्थापक एरिक टेन ह्यागमाथि अझ बढी दबाब सिर्जना भएको छ । उनी कुनै पनि बेला वर्खास्त हुने सक्ने अवस्थामा पुगेका छन् ।
चोटग्रस्त कप्तान सन ह्वेङ–मिनविना खेलेको टोटनहमका लागि ब्रेनन जोन्सन, डेजान कुलसेभ्स्की र डोमिनिक सोलोन्केले गोल गरे । यो जितपछि टोटनहमको १० अंक भएको छ र आठौं स्थानमा उक्लेका छ । युनाइटेड भने सा अंकमा १२ औं स्थानम छ ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend