logo
  • शनिबार, असोज १७ २०८३

प्रधानमन्त्री आज स्वदेश फर्कंदै


  • पब्लिक सूचना
  • सोमबार, असोज १४ २०८१

काठमाडौँ, असोज १४ गते । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार नेपाल आइपुग्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार साँझ उहाँ संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका लागि प्रस्थान गर्नुभोएको छ ।

कतारबाट सोमबार उहाँ नेपाल आइपुग्दै  हुनुहुन्छ । प्रधानमन्त्री ओलीले अमेरिकामा रहँदा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभयो । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क प्रस्थान गर्नुभएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend