logo
  • शनिबार, असोज १७ २०८३

एकदिवसीय र टी-२० गरी ११ खेलमा २ खेल रद्द भने ८ मा हार व्यहोर्ने पुगेको टिम नेपाल


  • पब्लिक सूचना
  • आइतबार, असोज १३ २०८१

नेपाली राष्ट्रिय क्रिकेट टोली हाल क्यानडामा रहेको छ। क्यानडाको ओन्टेरियोमा नेपालले ओमान र क्याडनासँग टी-२० सिरिज खेलिरहेको छ। शनिबार भएको पहिलो खेलमा घरेलु क्यानडासँग १४ रनले पराजित भएपछि नेपालको सिरिजमा राम्रो सुरूवात हुन सकेन। सिरिजमा नेपालले आइतबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

May be an image of 10 people and text

पछिल्लो समय नेपाली टोली खराब लयमा छ। नेपालले टेस्ट टोली वेस्ट इन्डिज ‘ए’ विरूद्ध पाँचौ टी-२० खेलमा जित निलाके यता लगातार पराजित भएको छ। कीर्तिपुर मैदानमा गत मे ४ मा वेस्ट इन्डिज ‘ए’ विरूद्ध ६ विकेटको जित निकाले यता नेपालले खेलेका आठ खेलमा पराजय भोगेको छ। यी आठ खेलबाहेक यो बीचमा तीन खेल भने वर्षा कारण रद्द भएका थिए।

आइसिसी टी-२० विश्वकप २०२४ अघि नेपालले वाम अप खेलमा क्यानडासँग पराजित भएको थियो। अमेरिकसँगको दोस्रो वाम खेल भने वर्षाका कारण रद्द भएको थियो।  त्यसपछि नेपालले टी-२० विश्वकपमा नेरदल्यान्ड्ससँगको पहिलो खेल ६ विकेटले हार्‍यो। श्रीलंकाविरूद्धको दोस्रो खेल वर्षाले रद्द हुँदा दक्षिण अफ्रिकासँग १ रन र बंगालदेशसँग २१ रनले पराजित भयो।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत क्यानडामा सेप्टेम्बरमा खेलिएको त्रिकोणात्मक एकदिवसीय सिरिजमा पनि नेपाल जितबिहीन बन्यो। नेपालले क्यानडाविरूद्धका दुवै खेल र ओमानसँगको एक खेलमा पराजय भोग्यो। ओमानसँगको अन्तिम खेल भने वर्षाले रद्द भयो।

पछिल्ला खेलमा नेपालको जितबिहीन यात्रा 
क्यानडाविरूद्ध – टी-२० – ६३ रनको हार- टी-२० विश्वकप वाम अप खेल-  मे २०२४
अमेरिकाविरूद्ध – टी-२० –  वर्षाका रद्द-  टी-२० विश्वकप वाम अप खेल-  मे २०२४
नेदरल्यान्ड्सविरूद्ध – टी-२० – ६ विकेट हार- टी-२० विश्वकप-  जुन २०२४
श्रीलंकाविरूद्ध – टी-२० – वर्षाका रद्द-  टी-२० –  जुन २०२४
दक्षिण अफ्रिकाविरूद्ध – टी-२० –१ रनको हार- टी-२० विश्वकप –  जुन २०२४
बंगलादेशविरूद्ध – टी-२० – २१ रनको हार- टी-२० विश्वकप-  जुन २०२४
क्यानडाविरूद्ध – एकदिवसीय – १०३ रनको हार- विश्वकप लिग-२-  सेप्टेम्बर २०२४
ओमानविरूद्ध – एकदिवसीय – १ विकेटको हार- विश्वकप लिग-२-  सेप्टेम्बर २०२४
क्यानडाविरूद्ध – एकदिवसीय – ५ विकेटको हार- विश्वकप लिग-२-  सेप्टेम्बर २०२४
ओमानविरूद्ध – एकदिवसीय – वर्षाका कारण रद्द- विश्वकप लिग-२-  सेप्टेम्बर २०२४
क्यानडाविरूद्ध – टी-२० – १४ रनको हार- टी-२० सिरिज – सेप्टेम्बर २०२४

May be an image of 10 people, people skeet shooting and text

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend