logo
  • शनिबार, असोज १७ २०८३

राप्तीको बाढीमा फसेका ६ जनाको उद्धार


  • पब्लिक सूचना
  • आइतबार, असार १७ २०८०

रुपन्देही । बाँकेको राप्ती नदीमा आएको बाढीका कारण जंगलको बीचमा फसेका ६ जनालाई स्थानीय प्रशासनले शनिवार राती उद्धार गरेको छ ।

उनीहरू सबै जना बाँकेको राप्तीसोनारी गाउँपालिका वाड नं २ का हुन् । जंगलमा बाख्रा चराउन गएका ६ जनाको उद्धार गर्न लागेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिएका छन् ।

बाढीले जंगलको टापुमा परेकाहरूमध्ये सुरुमा ४ जना र पछि २ जना गरी ६ जनाको नै उद्धार भएको हो ।घटनास्थलमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यसहितको टोली पुगेको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार भएको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend