logo
  • शनिबार, असोज १७ २०८३

फुटपाथको गमलामा बिरुवा


  • पब्लिक सूचना
  • आइतबार, असार १७ २०८०

१६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरका विभिन्न क्षेत्रमा बिरुवा रोपिरहेको छ । तर महानगरपालिकाको वडा नम्बर २८ ले भने बागबजार क्षेत्रमा गमलासहित बिरुवा राखेको छ ।

काठमाडौंको भृकुटी मण्डप, राष्ट्रिय सभागृह रोड, शंकरदेव क्याम्पस रोड, बागबजार क्षेत्र महांकाल भैरव क्षेत्रमा गमलासहित बिरुवा राखेको हो । २८ नम्बर वडाले १ सय ५५ वटा गमला सहित धुपी, समी, कपुर तथा फुलहरुको बिरुवा रोपेको जनाएको छ ।

‘महानगरपालिकाले सूरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत विभिन्न बिरुवाहरु रोपेका छौं, सडक छेउछाउमा भने गमलामा बिरुवा राखेका हौं,’ वडासचिव मोक्षप्रसाद दुलालले बताए ।

दुलालले १० जेठबाट वडा कार्यालय अन्तर्गत गमलासहित र अन्य स्थान गरी ६ सय बिरुवा रोपिसकेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले यस अघि हरित विद्यालय अभियान समेत सुरु गरेको थियो । महानगरपालिकाले फुटपाथ मै गमला राख्दा पैदल यात्रूलाई असर गरेको भन्दे केहिले आलोचना समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend