logo
  • शनिबार, असोज १७ २०८३

लय गुमाएको नेपालले आज ओमानसँग खेल्दै: जित्ला त आज नेपालले ?


  • पब्लिक सूचना
  • मंगलबार, असोज ८ २०८१

लगातार हारसँगै लय गुमाएको नेपालले विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजको चौथो खेलमा ओमानसँग खेल्दैछ ।

निरन्तर हारका कारण दबाबमा रहेको नेपालले ओमानसँगको खेल नेपाली समय अनुसार मंगलवार बेलुका ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा खेल्दैछ ।

त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग १ विकेटको हार बेहोरेको थियो । तेस्रो खेलमा क्यानडासँग फेरि ५ विकेटले पराजित भएको थियो ।

नेपाल लिग टु को ७ खेलमा नेपाल निरन्तर ५ हारको सामना गरिसकेको छ । ओमानलाई हराउँदै लिग टुमा नेपाल दोस्रो जित दर्ता गराउँन चाहन्छ । यसअघि नेपालमै भएको विश्वकप लिग टुको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्समाथि जित हासिल गरेको थियो ।

लिग टुको अंक तालिकामा नेपाल ७ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । ओमान ६ खेलमा ५ अंकका साथ छैटौं स्थानमा छ ।

ओडिआई सिरिज पछि नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज खेल्नेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend