logo
  • शनिबार, असोज १७ २०८३

असोज ११ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘आँखा’ को ट्रेलर सार्वजनिक


  • Ashish Lamichhane
  • आइतबार, असोज ६ २०८१

आशिष लामिछाने ,रौतहट: असोज ११ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘आँखा’ को ट्रेलर सार्वजनिक गरिएको छ।

प्रदर्शन मिति आउन पाँच दिन बाँकी रहँदा निर्माण कम्पनी लामा सिनेमाजले झण्डै साढे २ मिनेटको ट्रेलर युट्युब रिलिज गरेको हो।

ट्रेलरमा दुई प्रमुख कलाकार अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहता केन्द्रमा छन्। बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले भावनात्मक रूपमा उठान गरेको छ। घर सम्पत्तिविहिन दम्पतिले जीविकोपार्जनको लागि गर्नुपरेको संघर्ष र त्योबीचमा उत्पन्न परिस्थितिलाई फिल्मको कथावस्तु बनाइएको छ।

यसअघि सार्वजनिक टिजर र गीतलाई राम्रो प्रतिक्रिया मिल्दा निर्देशक जौन योन्जनले फिल्मको कथावस्तुलाई संक्षिप्त वर्णन गर्दै ट्रेलरलाई पनि सोही प्रकृतिले सुन्दर बनाउने प्रयास गरेका छन्।

लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्ममा स्मिता र आरकेसँगै विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल र बाल कलाकार प्रसन राई मुख्य अभिनयमा छन् ।

निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता छन्। सह–निर्मातामा रेनुका कार्की ढोली छिन्। फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ।

आलोक शुक्लाको छायांकन रहेको फिल्ममा संगीत दिपक आरजे र जयन जे वाइवाको छ।

आउँदो शुक्रबार रिलिज हुने ‘आँखा’ लाई आरआर फिल्मस्ले वितरण गर्दैछ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend