पब्लिक सूचना
पुनः प्रदर्शन गरिएको हरर थ्रिलर फिल्म ‘तुम्बाड’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

हिन्दी बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दुई सातामा १८ करोड ९८ लाख भारू कमाएको छ। फिल्मले १ करोड ६५ लाखमा ओपनिङ गरेको थियो।
सन् २०१८ मा प्रदर्शन भएको फिल्म १५ करोड भारू बजेटमा बनेको हो। यसले पहिला रिलिज हुँदाभन्दा बढी कमाइ गरेको छ। फिल्मले पहिला १५ करोड ४६ लाख भारू कमाएको थियो।

राही अनिल बर्भे निर्देशित फिल्ममा सोहम शाह, ज्योति मल्से, धुन्दिराज प्रभाकर, मोहम्मद समाद, रूद्र सोनी, रोन्जीनी चक्रवर्तीलगायत कलाकारको अभिनय छ।
फिल्मले राम्रो प्रदर्शन गरेपछि यसको सिक्वेल निर्माण घोषणा गरिएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend