logo
  • शनिबार, असोज १७ २०८३

इश्वोरपुरका सोनित ढुंगेल भारतिय अभिनेत्री पूनम ढिल्लों द्वारा अन्तराष्ट्रिय ईभेन्ट डाईरेक्टरको अवार्ड प्रदान


  • पब्लिक सूचना
  • शुक्रबार, असोज ४ २०८१

ईभेन्ट डाईरेक्टर सोनीतराज ढुंगेललाई यो वर्षको उत्कृष्ट अन्तराष्ट्रिय ईभेन्ट डाईरेक्टरको अवार्ड प्रदान गरिएको छ ।
भारतको पटना स्थित साङ्ग्रीला प्यालेसको भव्य हलमा आयोजित ग्लोबल स्टार अवार्ड समारोहमा निकिला मिडिया नेटवर्क तथा भवानी ईन्टरटेनमेन्टका अध्यक्ष समेत रहेका ढुंगेललाई बलिउडकी चर्चित अभिनेत्री पुनम धिल्लोन आयोजक समितिका अध्यक्ष डा। शिखा नरुला, मिसेस इन्डिया प्रतिभा प्रसादले अवार्ड प्रदान गरेका थिए ।

आईएएस शंशाक शेखर, विधायक रश्मी बर्मा, पटना सरकारका जीएसटी सह आयुक्त समीर परिमल र आयोजक समिति सदस्य श्रीमती भारत प्रतिभा प्रसादको संयुक्त निर्णायक प्यानलले जनता टेलिभिजनमा समेत कार्यरत ढुंगेललाई नेपालका लागि यस वर्षको उत्कृष्ट अन्तर्राष्ट्रिय ईभेन्ट डाईरेक्टरको अवार्ड दिने निर्णय गरेका थिए ।

विहार शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहले पटनाको सांग्रिला प्यालेसमा आयोजित भव्य समारोहको प्रमुख आतिथ्यता गरेका थिए । कार्यक्रममा बलिउडकी चर्चित अभिनेत्री पूनम ढिल्लन सेलिब्रेटी थिइन् । दिल्ली सरकारका प्रशासकहरू, पटना सरकारका प्रशासकहरू र विधायकहरू र राजनीतिज्ञहरूको ठूलो उपस्थिति थियो।
ग्यालेक्सि एक्सिलेन्स अवार्डका आयोजक समेत रहेका उनी हाल पव्लिक सूचना तथा ग्यालेक्सि समाचारका संचालक समेत हुन । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट ईभेन्ट आयोजना गरि सफल ईभेन्ट डाईरेक्टरको रुपमा परिचित उनी स्वदेशका विभिन्न संघसंस्था तथा विभिन्न देशबाट अवार्ड एवं सम्मान प्राप्त गरिसकेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend