पब्लिक सूचना
काठमाडौं । “विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि” भन्ने आदर्श वाक्यसहित आज १२ औं विज्ञान दिवस मनाईदैछ। दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न कार्यक्रमको आयोजना गरेको छ।
त्यस्तै विज्ञानको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूले समेत विविध कार्यक्रमको आयोजना गरेर दिवस मनाउन लागेका छन्। दिवसको अवसरमा हुने कार्यक्रममा ९ जनालाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार, २०८१ प्रदान गर्न लागिएको छ।
राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुने विशेष कार्यक्रममा प्राविधिक सत्रमा साईन्स एण्ड टेक्नोलोजी टु एक्सलेरेट प्रोडक्सन ईन नेपाल विषयमा प्यानल छलफल हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend