logo
  • आइतबार, असोज १८ २०८३

काभा महिला भलिबल टोलीको बिदाइ


  • पब्लिक सूचना
  • बुधबार, भाद्र २६ २०८१

काठमाडौँ, भदौ २६ गते । भदौ ३० देखि असोज ५ गतेसम्म माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको  बिदाइ गरिएको छ ।

नेपाल भलिबल सङ्घले मङ्गलबार नेपाली खेलाडी टोलीको बिदाइ गरेको हो । नेपाली टोली बिहीबार माल्दिभ्स जाने सङ्घले जनाएको छ । पुलिसले नेपालको लिगको विजेताका रूपमा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेको हो ।

पुलिसले टोलीमा एपिएफ क्लबकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप‌ टप न्यु डायमन्ड स्पोर्ट्स क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ। सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका चार खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ गत महिना काठमाडौँमा सम्पन्न काभा नेसन्स लिगको‌ रजत पदक विजेता टोली हुनुहुन्थ्यो ।

टोलीमा भुटानमा सम्पन्न काभा बिच भलिबलमा स्वर्ण पदक विजेता कमला पुन र मनीषा चौधरी पनि समावेश हुनुहुन्छ । खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले बिदाइ गर्नुभयो ।

काभा महिला भलिबल फाइनल : पहिलो सेटको नतिजा नेपालको पक्षमा | News from Nepal  - Ratopati

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend