logo
  • शनिबार, असोज १७ २०८३

काठमाडौं स्पाईकर्सको लोगो सार्वजनिक जसको मार्की खेलाडी “उषा भण्डारी” हुन


  • Ashish Lamichhane
  • मंगलबार, भाद्र २५ २०८१

काठमाडौं(आशिष लामिछाने- पब्लिक सूचना) : अर्को महिना आयोजना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली काठमाडौं स्पाईकर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ ।

नेपालमा पहिलो पल्ट आयोजना हुन गइरहेको फ्रेन्चाइज लिग इडब्लुभिएलमा उच्च प्रदर्शन गर्ने तयारी सुरु गरेको स्पाइकर्सले जनाएको छ ।

काठमाडौंले नेपाली राष्ट्रिय भलिबल टोलीकी खेलाडी उषा भण्डारीलाई मार्की खेलाडीका रुपमा टिममा भित्राएको छ । राष्ट्रिय टोलीका प्रशिक्षक जगदिश भट्टले काठमाडौंलाई प्रशिक्षण दिनेछन्।

May be an image of 1 person and smiling

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको‌ कभर्ड हलमा ६ टोलीको सहभागिता असोज १४ देखि १९ गते सम्म इडब्लुभिएल हुनेछ।

टिम काठमाडौं
उषा भण्डारी ‘ए’, आरती सुवेदी ‘बि’, कोपिला राना ‘बि’, कमला पुन ‘बि’, उषा विष्ट ‘बि’, निशा महर ‘सी’, वसन्ती साउद ‘सी’, रश्मिता दुरा ‘सी’

प्रशिक्षक– जगदीश भट्ट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend