logo
  • शनिबार, असोज १७ २०८३

दीपिका पादुकोण र रणवीर सिंहलाई पुत्रीलाभ


  • पब्लिक सूचना
  • सोमबार, भाद्र २४ २०८१

काठमाडौं । बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहलाई पहिलो सन्तान लाभ भएको छ । उनीहरुको घरमा छोरीको आगमन भएको छ । गणेश चतुर्थीको एक दिनपछि दीप-वीर जोडीले पुत्रीलाभ गरेको हो ।

व्यथाले च्यापेपछि दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । यसअघि ६ सेप्टेम्बरमा दीपिका बाप्पाको दर्शन गर्न सिद्धिविनायक मन्दिर पुगेकी थिइन् । दीपिकाले यसैवर्ष फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत गर्भावस्थाको घोषणा गरेकी थिइन् ।

शुक्रबार दिउँसो दीपिका श्रीमान् रणवीरसँग सिद्धिविनायक मन्दिर पुगेकी थिइन् । यस क्रममा दीपिका हरियो साडीमा देखिएकी थिइन् । रणवीर कुर्ता–पाजामामा देखिएका थिए । यस अवसरमा दुवैका परिवारको पनि उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend