logo
  • आइतबार, असोज १८ २०८३

सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण


  • पब्लिक सूचना
  • सोमबार, भाद्र २४ २०८१

२४ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थलबाट आज बिहान सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण भएको छ ।

श्री एयरलाइनसको एसएचए १२१ विमान सुर्खेतका लागि उडेको थियो । तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन् ।

अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

यो श्रीको आजका लागि पहिलो उडान थियो । अहिले उडान अवतरण सामान्य भएको छ ।

कम्पनीका बजार प्रबन्ध अनिल मानन्धरका अनुसार यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend