logo
  • शनिबार, असोज १७ २०८३

भारतीय वेब सिरिज ‘ताजा खबर सिजन २ ‘ को ट्रेलरमा कुशल पोखरेलको गीत ‘पैसा’!


  • पब्लिक सूचना
  • शनिबार, भाद्र २२ २०८१

नेपाली कन्टेन्ट क्रिएटर/र्यापर कुशल पोखरेलको गीत लोकप्रिय भारतीय युट्युबर, कमेडियन तथा कलाकार भुवन बमको पछिल्लो वेब सिरिज ‘ताजा खबर’ को ट्रेलरमा समावेश गरिएको छ।

‘ताजा खबर’ सिजन २ को ट्रेलर बुधबार मात्रै युट्युबमा रिलिज गरिएको छ। जसमा नेपाली र्यापर पोखरेलको गीत ‘पैसा’ सुन्न सकिन्छ। यो निकै भाइरल गीत हो। गीतलाई रिलिजको ११ महिनामा युट्युबमा ५ करोड ४७ लाखभन्दा बढीपटक हेरिएको छ।

‘ताजा खबर’ को सार्वजनिक ट्रेलरमा नेपाली दर्शकले समेत प्रतिक्रिया दिएका छन्। यसको दोस्रो सिजन सेप्टेम्बर २७ देखि स्ट्रिमिङ हुने तयारीमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend