logo
  • आइतबार, असोज १८ २०८३

नेपालले ओमान र क्यानडाविरूद्ध खेल्ने ४-४ एकदिवसीय र टी-२० को खेल तालिका सार्वजनिक


  • पब्लिक सूचना
  • बुधबार, भाद्र १९ २०८१

आइसिसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्तग नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय खेलको खेल तालिका सार्वजनिक भएको छ।

क्रिकेट क्यानडाका अनुसार एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ।

दुवै सिरिज नेपालले चार-चार खेल गरी कुल ८ खेल खेल्नेछ। सिरिजको तयारीका लागि हाल नेपाली टोली श्रीलंकामा छ।

यसअघि भारतको बेंगलुरुमा दुई साता अभ्यास गरेर नेपाल फर्किएको टोली आइतबार श्रीलंका गएको थियो।

नेपालले क्यानडामा लिग-२ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो। नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो।

क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ। अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन्।

विश्वकप लिग-२ को एकदिवसीय सिरिज

नेपाल भर्सेस क्यानडा – भदौ ३१- नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस ओमान – असोज २ गते- नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस क्यानडा – असोज ६ गते –  नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस ओमान –  असोज ८ गते – नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

टी-२० सिरिज खेल तालिका

नेपाल भर्सेस क्यानडा – असोज १२ गते- नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस ओमान – असोज १३ गते – नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस क्यानडा – असोज १५ गते- नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस ओमान – असोज १६ गते – नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend