logo
  • शनिबार, असोज १७ २०८३

कञ्चनपुरबाट करिब ५९ लाख मूल्यको सामान बरामद


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र १८ २०८१

कञ्चनपुर– कञ्चनपुरको भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनियरिङ्ग अटो वर्कशप नजिकैबाट आइतबार सशस्त्र प्रहरीले ५८ लाख ९३ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको छ ।

भारतबाट अवैध रूपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको हो । बरामद भएको सामानहरूमा लत्ताकपडा, सवारी साधन तथा मोबाइल पार्ट्स, इलेकट्रोनिक्स सामान लगायतका छन् ।

बरामद सामान आवश्यक कारबाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend