logo
  • आइतबार, असोज १८ २०८३

नेपालको फिफा वरीयता एक स्थान खस्कियोa


  • पब्लिक सूचना
  • शुक्रबार, असार १५ २०८०

नेपाली राष्ट्रिय फुटबल टोलीको वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै एक सय ७५औं स्थानमा रहेको छ ।

नेपाल भर्खर मात्र भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको समुह चरणबाटै बाहिरिएको थियो । नेपालले समूहको खेलमा ओमान र भारतसँग हार खेपेको थियो भने पाकिस्तानलाई हराएको थियो ।

वरीयतामा दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा छ । भारत समग्रमा एक सय स्थानमा छ । माल्दिभ्स एक सय ५४औं, भुटान एक सय ८४औं, बंगलादेश एक सय ९२औं, पाकिस्तान दुई सय एक र श्रीलंका दुई सय सातौं स्थानमा छ ।

विश्व वरीयताको शीर्षस्थानमा विश्वकप विजेता अर्जेन्टिना यथावत छ । यस्तै विश्वकप उपविजेता फ्रान्स, ब्राजिल, इङ्ल्यान्ड, बेल्जियम, क्रोएसिया, नेदरल्यान्ड्स, इटाली, पोर्चुगल र स्पेन क्रमश: दोस्रो देखि १०औं स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend