logo
  • शनिबार, असोज १७ २०८३

पोलियोको खोपका लागि गाजामा युद्धविराम गर्न इजरायल सहमत


  • पब्लिक सूचना
  • शुक्रबार, भाद्र १४ २०८१

तेल अभिभ । गाजामा मानवीय सहायता पुर्याउन युद्धलाई रोक्न इजरायल सहमत भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूचएओ)का अनुसार गाजाका बालबालिकाहरूलाई पोलियोको खोप लगाउने कार्यक्रमका लागि युद्ध विराम गर्न इजरायलले मानेको हो । गाजापट्टीमा चलाइने यस अभियानमा ६ लाख ४० हजार बालबालिकालाई खोप लगाइने डब्ल्यूचएओका वरिष्ठ अधिकारी रिक पिपरकोर्नले भनेका छन् ।

खोप अभियान आइतबारबाट तीन दिनसम्म चल्नेछ । यो अभियाले गाजाको मध्य, दक्षिणी र उत्तरी हिस्सालाई समेट्नेछ । युद्ध विराम अभियान स्थानीय समयअनुसार बिहान ६ बजेबाट दिउँसो ३ बजेसम्म चल्नेछ । संयुक्त राष्ट्र संघका अधिकारीहरूले १० महिने शिशुलाई पोलियोको कारण पक्षाघात भएको बताएपछि यो सम्झौता भएको हो ।

गाजामा २५ वर्षमा पहिलो पटक पोलियो यस वर्ष देखिएको थियो । गाजामा अहिले पोलियोको खोपको १२ लाख ६० हजार मात्रा उपलब्ध रहेको र छिटै ४ लाख मात्रा पुग्ने बताइएको छ । यो खोप अभियानको निगरानी प्यालेष्टिनी स्वास्थ्य मन्त्रालय, डब्ल्यूचएओ, युनिसेफ र यूएनआरडब्ल्यूएले मिलेर गर्नेछन् । यो अभियानमा २ हजार स्वास्थ्यकर्मी सहभागी हुनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend