पब्लिक सूचना
१४ भदौ, गुल्मी । हावाहुरी र चट्याङका कारण गुल्मीका चार पालिकामा विद्युत आपूर्ति बन्द भएको छ । बिहीबार बेलुकी हावाहुरीसँगै परेको चट्याङले ट्रान्सफरमर, पोल र तारमा क्षति पुगेकाले विद्युत आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण गुल्मीले जनाएको छ ।
प्राधिकरणका कर्मचारीहरुका अनुसार धुर्कोट, मदाने, मालिका, इस्मा र मुसिकोटका केही वडामा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
हावाहुरीसँगै चट्याङले रेसुङ्गा नगरपालिका वडानम्बर–५ देखि धुर्कोट गाउँपालिका वडानम्बर–५ वस्तुसम्म जोड्ने ३३ केभी मुख्य प्रसारण लाइनको ठाउँठाउँमा धेरै नै क्षति पुगेको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्र प्रमुख इन्जिनियर अर्जुन पोखरेलले बताए । विद्युत आपूर्ति पूर्ववत अवस्थामा फर्काउन प्राविधिक टोली खटिएको पोखरेलले बताए ।
विहीबार चट्याङ लागेर गुल्मीको इस्मा गाउँपालिका वडानम्बर–६ अम्मपुर दोबाटा निवासी ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक घाइते भएका छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend