logo
  • शनिबार, असोज १७ २०८३

तीज कार्यक्रममा दर्शक नचाउन जापान पुगिन् समीक्षा अधिकारी


  • पब्लिक सूचना
  • बिहिबार, भाद्र १३ २०८१

हरितालिका तीजको अवसरमा जापानका विभिन्न सहरमा सांगीतिक कार्यक्रम हुँदैछ।

नेपाली समुदायले आयोजना गरेका तीज कार्यक्रममा दर्शक नचाउन नेपालबाट चर्चित गायक–गायिकाहरू जापान पुगेका छन्।

गायिका समीक्षा अधिकारी, गायक रामजी खाँड, गायिका रूपा घर्ती मगर बुधबार मात्रै त्यहाँ पुगेका हुन्।

उनीहरूले शुक्रबार ओकिनावामा पहिलो कार्यक्रम गर्दैछन्।

‘तीज फेस्टिभल’ नामक यो कार्यक्रमपश्चात टोकियो, शिजुओका, फुकुओका, नागोया लगायतका सहरमा कार्यक्रम गर्ने समीक्षाले बताइन्। जापानको कार्यक्रमलाई लिएर समीक्षा उत्साहित छिन्।

उनले गत साता सार्वजनिक गरेको अफिसियल गीत ‘के हेरेको टुलुटुलु’ ले पनि स्रोता/दर्शकबाट माया पाइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend