logo
  • आइतबार, असोज १८ २०८३

सुनको मूल्य हालसम्मकै उच्च


  • पब्लिक सूचना
  • बुधबार, भाद्र १२ २०८१

काठमाडौँ, भदौ १२ गते । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबारका सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि भदौ ५ गते एक लाख ५३ हजारको उच्चतम मूल्य रेकर्ड रहेकोमा एक सातामै तोडिएको छ । अघिल्लो दिनको तुलनामा बुधबार तोलामा आठ सय रुपियाँले सुन महँगिएको हो ।

अघिल्लो दिन प्रतितोला एक लाख ५२ हजार तीन सय रुपियाँ थियो । चाँदीको मूल्य तोलामा पाँच रुपियाँ बढेको छ । अघिल्लो दिन १८५० रुपियाँ रहेको चाँदी आज एक हजार ८५५ कायम भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend