logo
  • आइतबार, असोज १८ २०८३

प्रधानमन्त्री ओली र ओमानका विदेशमन्त्रीबिच भेटवार्ता


  • पब्लिक सूचना
  • मंगलबार, भाद्र ११ २०८१

काठमाडौँ, भदौ ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीसँग मङ्गलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा ओमानका विदेशमन्त्री अल्बुसैदीले शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री डा‍ आरजु राणा देउवाको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि ओमानका विदेशमन्त्री अल्बुसैदी सोमबार अपराह्न काठमाडौँ आउनुभएको हो ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend