logo
  • आइतबार, असोज १८ २०८३

सन्तोष बने मिस्टर नेपाल


  • पब्लिक सूचना
  • सोमबार, भाद्र १० २०८१

काठमाडौँ, भदौ १० गते । झापाका सन्तोष लोक्सम ‘मिस्टर नेपाल २०२४’ विजेता बन्नुभएको छ । लोक्समले नोभेम्बरमा भियतनाममा हुने ‘मिस्टर वल्र्ड–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।

नेक्स मोडल नेपालद्वारा आयोजित प्रतियोगिताको शनिबार राति सम्पन्न फाइनलमा भक्तपुरका योगेश श्रेष्ठ ‘मिस्टर ग्लोबल नेपाल–२०२४’ विजेता बन्नुभएको छ । योगेशले अक्टोबर महिनामा थाइल्यान्डमा हुने ‘मिस्टर ग्लोबल–२०२४’ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।

काठमाडौँका आयुष दुलाल ‘म्यान अफ दी वल्र्ड नेपाल–२०२४’ हुनुभएको छ । प्रतियोगितामा धरानका आदेश प्रधान पहिलो उपविजेता र हेटौँडाका आयुष बम्जन दोस्रो उपविजेता बन्नुभएको थियो । प्रतियोगितामा देशभरिका ३८ जना युवाको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend