logo
  • शनिबार, असोज १७ २०८३

ग्यालेक्सी एक्सिलेन्स अवार्ड २०२४ को श्रेष्ठ उड्डयन संस्था विधामा गीता एभिएशन सम्मानित


  • Uma Adhikari
  • शुक्रबार, भाद्र ७ २०८१

उमा अधिकारी, काठमाडौँ ।  निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने  उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको श्रेष्ठ उड्डयन संस्था विधामा गीता एभिएशनलाई  सम्मानित  गरिएको हो । शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उहाँलाई  सम्मान गरिएको हो ।

  • गीता एभिएशन एक प्रतिष्ठित पाइलट र एयर होस्टेस प्रशिक्षण संस्था हो जसको गौरवमय इतिहास छ।
  • गीता एभिएशन केवल एउटा प्रशिक्षण संस्था मात्र नभएर सफल र सन्तोषजनक उड्डयन करियरको ढोका हो।
  • यो संस्था २०११ मा एभिएटर कन्सल्टेन्ट्सका रूपमा स्थापना भई २०१७ मा गीता एभिएशनको रूपमा पुनःब्रान्ड गरियो, र त्यसयता यो संस्थाले धेरै इच्छुकलाई उड्डयन पेशामा प्रवेश गर्न निरन्तर मार्गदर्शन गरिरहेको छ।

गीता एभिएशनलाई नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव लगायतका उच्च पदस्थ व्यक्तिहरुले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले अवार्ड समारोह सफल भएकोमा खुसी व्यक्त गरे  सामाजिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय रहदै आफ्नो पेसामा उत्कृष्ट स्थान हाँसिल गरेका व्यक्तिहरुको सम्मान गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको ढुंगेलले बताएका छन् । May be an image of 2 people and dais

कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, मधेस प्रदेशका अर्थमन्त्री माननीय जितेन्द्र यादव, पूर्व गृहमन्त्री माननीय मोहम्मद समिम, नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, साल्ट ट्रेडिङ् कर्पोरेसनका सिईओ उर्मिला श्रेष्ठ, प्रबुद्ध व्यक्तित्व डाक्टर भोला रिजाल, कलाकार शिवहरी नेपाल, गायक रामप्रसाद खनाल, नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियान्ता  भिम उपाध्याय, गैर आवासीय नेपाली संघ (एन आर एन ए) का सदस्य हरि भट्टराईका साथै कलाकार शिवहरी नेपाल (बैरागी ) लगायतका प्रसिद्ध व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घोषण भने संचारकर्मी  दिनेश डिसिले गरेका थिए ।

May be an image of 1 person and text

 

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend