logo
  • शनिबार, असोज १७ २०८३

ग्यालेक्सी एक्सिलेन्स अवार्ड २०२४ को सर्वश्रेष्ठ अभिनेत्री (टेलिफिल्म) विधामा श्रीमती रियाशा दाहाल सम्मानित


  • Uma Adhikari
  • बिहिबार, भाद्र ६ २०८१

उमा अधिकारी, काठमाडौँ ।  निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने  उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको सर्वश्रेष्ठ अभिनेत्री (टेलिफिल्म) विधामा श्रीमती रियाशा दाहाललाइ  सम्मान गरिएको हो । शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उहाँलाई  सम्मान गरिएको हो ।

  • श्रीमती रियाशा दाहाल चर्चित टिभी सिरियल “मेरी बास्सै” मा आबद्ध हुनुहुन्छ।
  • उहाँ अर्को टिभी सिरियल “अत्ति भो” र “गाह्रो छ” मा पनि आबद्ध हुनुहुन्छ।
  • उहाँले थुप्रै संगीत भिडियोहरूमा अभिनय गर्नुभएको छ र अमेरिका, कोरिया, र अन्य विभिन्न देशहरूमा ठूला सांगीतिक मञ्चहरूमा प्रस्तुति दिनुभएको छ।

उहाँलाई नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव लगायतका उच्च पदस्थ व्यक्तिहरुले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले अवार्ड समारोह सफल भएकोमा खुसी व्यक्त गरे  सामाजिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय रहदै आफ्नो पेसामा उत्कृष्ट स्थान हाँसिल गरेका व्यक्तिहरुको सम्मान गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको ढुंगेलले बताएका छन् । May be an image of 2 people and dais

कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, मधेस प्रदेशका अर्थमन्त्री माननीय जितेन्द्र यादव, पूर्व गृहमन्त्री माननीय मोहम्मद समिम, नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, साल्ट ट्रेडिङ् कर्पोरेसनका सिईओ उर्मिला श्रेष्ठ, प्रबुद्ध व्यक्तित्व डाक्टर भोला रिजाल, कलाकार शिवहरी नेपाल, गायक रामप्रसाद खनाल, नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियान्ता  भिम उपाध्याय, गैर आवासीय नेपाली संघ (एन आर एन ए) का सदस्य हरि भट्टराईका साथै कलाकार शिवहरी नेपाल (बैरागी ) लगायतका प्रसिद्ध व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घोषण भने संचारकर्मी  दिनेश डिसिले गरेका थिए ।

May be an image of 1 person and text

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend