उमा अधिकारी, काठमाडौँ । निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको सर्वश्रेष्ठ नेत्र चिकित्सक विधामा डा. तेजसु सिंह मल्ललाई सम्मान गरिएको हो । शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो ।

उहाँलाई नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव लगायतका उच्च पदस्थ व्यक्तिहरुले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

डा. तेजसु सिंह मल्लले आँखा स्वास्थ्य सचेतना र युवा नेतृत्वको प्रवर्द्धन गर्नुभएको छ। वहाँले थुप्रै निःशुल्क आँखा स्वास्थ्य शिविर र युवा नेतृत्व तालिमहरू सञ्चालन गर्नुभएको छ। वहाँ युवा चिकित्सक संघका संस्थापक सदस्य र यंग नेत्र चिकित्सक नेपालका संस्थापक कोषाध्यक्ष पनि हुनुहुन्छ। वहाँले उत्कृष्ट विद्यार्थी पुरस्कार प्राप्त गर्नुभएको छ र ११४ वर्षको इतिहासमा चिनियाँ सरकारी छात्रवृत्ति प्राप्त गर्ने पहिलो नेपाली बन्नुभएको छ, जसले नेपालको शैक्षिक गरिमालाई उच्च आधर प्रदान गरेको छ।
वहाँ लायन्स इन्टरनेशनल मार्फत सामाजिक सेवामा सक्रिय रहनुभएको छ र लायन्स क्लब अफ काठमाडौं रेडियन्स डक्टर्स स्थापना गर्नुभएको छ, जहाँ वहाँ र वहाँको टोलीले दृष्टि, बाल क्यान्सर, मधुमेह, वातावरण, भोकमरी राहत, मानवता, विपत्ति, र युवा सशक्तिकरणमा काम गर्दै आउनुभएको छ। हाल वहाँ लायन्स इन्टरनेशनल जिल्ला ३२५ जी का क्लस्टर समन्वयक र दृष्टि समिति अध्यक्षको रूपमा कार्यरत हुनुहुन्छ।
उक्त कार्यक्रममा बोल्दै इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले अवार्ड समारोह सफल भएकोमा खुसी व्यक्त गरे सामाजिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय रहदै आफ्नो पेसामा उत्कृष्ट स्थान हाँसिल गरेका व्यक्तिहरुको सम्मान गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको ढुंगेलले बताएका छन् । 
कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, मधेस प्रदेशका अर्थमन्त्री माननीय जितेन्द्र यादव, पूर्व गृहमन्त्री माननीय मोहम्मद समिम, नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, साल्ट ट्रेडिङ् कर्पोरेसनका सिईओ उर्मिला श्रेष्ठ, प्रबुद्ध व्यक्तित्व डाक्टर भोला रिजाल, कलाकार शिवहरी नेपाल, गायक रामप्रसाद खनाल, नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियान्ता भिम उपाध्याय, गैर आवासीय नेपाली संघ (एन आर एन ए) का सदस्य हरि भट्टराईका साथै कलाकार शिवहरी नेपाल (बैरागी ) लगायतका प्रसिद्ध व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घोषण भने संचारकर्मी दिनेश डिसिले गरेका थिए ।


© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend