logo
  • शनिबार, असोज १७ २०८३

‘ग्यालेक्सी एक्सिलेन्स अवार्ड २०२४ मा श्रेष्ठ युवा सामाजिक अभियन्ता विधामा’ श्री के.पी. खनाललाई सम्मान


  • Uma Adhikari
  • बुधबार, भाद्र ५ २०८१

उमा अधिकारी,काठमाडौँ।   निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने  उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको श्रेष्ठ युवा सामाजिक अभियन्ता विधामा श्री के.पी. खनाललाई सम्मान गरिएको हो । शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उनलाई  सम्मान गरिएको हो ।

उनलाई नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव लगायतका उच्च पदस्थ व्यक्तिहरुले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

श्री के.पी. खनाल एक युवा सामाजिक अभियन्ता हुन्, जो वातावरणीय सफाई, युवा सशक्तिकरण, र सामाजिक समानताको पक्षमा वकालत गर्दै आएका छन्। सुदूरपश्चिम प्रदेश, नेपालका अछाम जिल्लाको रामारोशन गाउँपालिकामा गरीब परिवारमा जन्मिएका खनाल सानै उमेरदेखि सक्रिय, दयालु, साहसी, बहादुर, र बौद्धिक थिए, जसलाई प्रायः “सबैभन्दा कान्छो सामाजिक अभियन्ता” को रूपमा चिनिन्छ। उनी १३ वर्षको उमेरदेखि नै सामाजिक गतिविधिहरूमा संलग्न भएका थिए।

उनले “सफा काष्ठमण्डप” नामक अभियान सुरु गरे र रेडियो जक्कीको रूपमा आफ्नो यात्रा सुरु गर्दै “सफा काष्ठमण्डप” देखि “काठमाडौँ फोहोर सङ्कलन, २०२२” सम्मका सामाजिक अभियानहरूको उद्घाटन गरेका छन्।

उनि मैनादेवी  फाउण्डेशनको संस्थापक अध्यक्ष हुन्, जुन एउटा गैर-सरकारी संस्था हो र यसले राष्ट्रव्यापी स्वयंसेवक र सरोकारवालाको सञ्जालसँग मिलेर फोहोर व्यवस्थापन, वातावरणीय सफाई, सामुदायिक सचेतना, र युवा परिचालनमा काम गर्दै आएको छ।

उक्त कार्यक्रममा बोल्दै इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले अवार्ड समारोह सफल भएकोमा खुसी व्यक्त गरे  सामाजिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय रहदै आफ्नो पेसामा उत्कृष्ट स्थान हाँसिल गरेका व्यक्तिहरुको सम्मान गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको ढुंगेलले बताएका छन् ।

 

कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, मधेस प्रदेशका अर्थमन्त्री माननीय जितेन्द्र यादव, पूर्व गृहमन्त्री माननीय मोहम्मद समिम, नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, साल्ट ट्रेडिङ् कर्पोरेसनका सिईओ उर्मिला श्रेष्ठ, प्रबुद्ध व्यक्तित्व डाक्टर भोला रिजाल, कलाकार शिवहरी नेपाल, गायक रामप्रसाद खनाल, नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियान्ता  भिम उपाध्याय, गैर आवासीय नेपाली संघ (एन आर एन ए) का सदस्य हरि भट्टराईका साथै कलाकार शिवहरी नेपाल (बैरागी ) लगायतका प्रसिद्ध व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घोषण भने संचारकर्मी  दिनेश डिसिले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend