logo
  • आइतबार, असोज १८ २०८३

श्री श्रीदेव भट्टराई ‘भि.एस.ग्यालेक्सी एक्सिलेन्स श्रेष्ठ मोडल अवार्ड’ बाट सम्मानित


  • Uma Adhikari
  • बुधबार, भाद्र ५ २०८१

निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने  उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको श्रेष्ठ मोडल विधामा श्री श्रीदेव भट्टराई लाई सम्मान गरिएको हो । शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उनलाई  सम्मान गरिएको हो ।

उनलाई नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव लगायतका उच्च पदस्थ व्यक्तिहरुले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

श्री श्रीदेव भट्टराईले आफ्नो अभिनय यात्रा २०६० सालमा “भाइ मारा” फिल्मबाट सुरु गर्नुभएको थियो। उहाँले “न्यू जेनेरेसन,” “स्टोन एरा,” “सुकुलगुन्डा,” “बिरानो माया चाल,” “कुइनेटो,” “चाल,” “चिठी” जस्ता धेरै चलचित्रहरूमा अभिनय गर्नुभएको छ। उहाँले “बैगुनी रहिछौ मायालु,” “किन आउँछ याद तिम्रो,” “याद तिम्रो,” “धेरै माया,” “मेरो मायाता सुगर फ्री हो,” “सैली तिम्रो श्रीदेव” जस्ता सयभन्दा बढी गीतहरूमा अभिनय गर्नुभएको छ।

उहाँले नेपालको एकमात्र अनुशासन पुरस्कार र गिनीज बुक अफ वर्ल्डको प्रमाणपत्र पनि प्राप्त गर्नुभएको छ।

उक्त कार्यक्रममा बोल्दै इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले अवार्ड समारोह सफल भएकोमा खुसी व्यक्त गरे  सामाजिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय रहदै आफ्नो पेसामा उत्कृष्ट स्थान हाँसिल गरेका व्यक्तिहरुको सम्मान गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको ढुंगेलले बताएका छन् ।

कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, मधेस प्रदेशका अर्थमन्त्री माननीय जितेन्द्र यादव, पूर्व गृहमन्त्री माननीय मोहम्मद समिम, नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, साल्ट ट्रेडिङ् कर्पोरेसनका सिईओ उर्मिला श्रेष्ठ, प्रबुद्ध व्यक्तित्व डाक्टर भोला रिजाल, कलाकार शिवहरी नेपाल, गायक रामप्रसाद खनाल, नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियान्ता  भिम उपाध्याय, गैर आवासीय नेपाली संघ (एन आर एन ए) का सदस्य हरि भट्टराईका साथै कलाकार शिवहरी नेपाल (बैरागी ) लगायतका प्रसिद्ध व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घोषण भने संचारकर्मी  दिनेश डिसिले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend