निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको श्रेष्ठ युवा उपलब्धिकर्ता विधामा श्रीमती लक्ष्मी तिमिल्सिनालाई सम्मान गरिएको हो । शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

उनलाई नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव लगायतका उच्च पदस्थ व्यक्तिहरुले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

श्रीमती लक्ष्मी तिमिल्सिना बीमा क्षेत्र र कानून क्षेत्रमा एक प्रतिष्ठित नाम हुनुहुन्छ।
उहाँ सूर्य ज्योति लाइफ इन्स्योरेन्समा वरिष्ठ एजेन्सी म्यानेजरको रूपमा कार्यरत हुनुहुन्छ र २०२० मा बेस्ट टीम डेभलपमेन्ट अवार्ड प्राप्त गर्नुभएको छ।
उहाँले २०१९ मा इटालीमा ITC ILO अवार्ड पनि प्राप्त गर्नुभएको छ।
उक्त कार्यक्रममा बोल्दै इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले अवार्ड समारोह सफल भएकोमा खुसी व्यक्त गरे सामाजिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय रहदै आफ्नो पेसामा उत्कृष्ट स्थान हाँसिल गरेका व्यक्तिहरुको सम्मान गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको ढुंगेलले बताएका छन् ।

कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, मधेस प्रदेशका अर्थमन्त्री माननीय जितेन्द्र यादव, पूर्व गृहमन्त्री माननीय मोहम्मद समिम, नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, साल्ट ट्रेडिङ् कर्पोरेसनका सिईओ उर्मिला श्रेष्ठ, प्रबुद्ध व्यक्तित्व डाक्टर भोला रिजाल, कलाकार शिवहरी नेपाल, गायक रामप्रसाद खनाल, नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियान्ता भिम उपाध्याय, गैर आवासीय नेपाली संघ (एन आर एन ए) का सदस्य हरि भट्टराईका साथै कलाकार शिवहरी नेपाल (बैरागी ) लगायतका प्रसिद्ध व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घोषण भने संचारकर्मी दिनेश डिसिले गरेका थिए ।


© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend