logo
  • शनिबार, असोज १७ २०८३

खुस्बु ओली ‘भि.एस.ग्यालेक्सी एक्सिलेन्स बेस्ट महिला लिडरशिप अवार्ड’ बाट सम्मानित


  • Ashish Lamichhane
  • बुधबार, भाद्र ५ २०८१

निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने  उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको (बेस्ट महिला लिडरशिप)  विधामा खुस्बु ओली लाई सम्मान गरिएको हो ।खुस्बु ओली लाई ‘बेस्ट महिला लिडरशिप अवार्ड’ बाट सम्मान गरिएको छ । शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उनलाई  सम्मान गरिएको हो ।

उनलाई नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव लगायतका उच्च पदस्थ व्यक्तिहरुले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

खुस्बु ओली, युवा राजनीतिज्ञ, उद्यमी र केन्द्रीय समिति सदस्य र राष्ट्रिय प्रजातन्त्र पार्टीका लागि प्रशिक्षण विभागका उपप्रमुख हुन्।
उनले अक्सफोर्डको प्रतिष्ठित विश्वविद्यालय र इङ्गल्याण्डको किङ्स्टन विश्वविद्यालयबाट डिग्री हासिल गरेकी छिन्।
उनले राष्ट्रिय निर्देशकको रूपमा क्रोपिन इन्डिया, साथी जस्ता बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेकी छिन्।
उनी प्रतिष्ठित पुरस्कारहरू सहित मान्यता प्राप्त छ, जसमा एसियाली फुटबल कन्फेडेरेसन ड्रीम एसिया अवार्ड व्यक्तिगत श्रेणीमा (2018) समावेश छ।

उक्त कार्यक्रममा बोल्दै इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले अवार्ड समारोह सफल भएकोमा खुसी व्यक्त गरे  सामाजिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय रहदै आफ्नो पेसामा उत्कृष्ट स्थान हाँसिल गरेका व्यक्तिहरुको सम्मान गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको ढुंगेलले बताएका छन् ।

कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, मधेस प्रदेशका अर्थमन्त्री माननीय जितेन्द्र यादव, पूर्व गृहमन्त्री माननीय मोहम्मद समिम, नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, साल्ट ट्रेडिङ् कर्पोरेसनका सिईओ उर्मिला श्रेष्ठ, प्रबुद्ध व्यक्तित्व डाक्टर भोला रिजाल, कलाकार शिवहरी नेपाल, गायक रामप्रसाद खनाल, नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियान्ता  भिम उपाध्याय, गैर आवासीय नेपाली संघ (एन आर एन ए) का सदस्य हरि भट्टराईका साथै कलाकार शिवहरी नेपाल (बैरागी ) लगायतका प्रसिद्ध व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घोषण भने संचारकर्मी  दिनेश डिसिले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend